FAQs Complain Problems

शाखाहरु

Friday, December 20, 2019 - 15:23

यस गाउँपालिकाको कृषि शाखाको आर्थिक  वर्ष २०७६/०७७ को लागि स्विकृत कार्याक्रममा विनियोजित बजेट अनुसार  ५०% अनुदानमा प्लाष्टिक टनेल वितरण हुने हुदाँ यस गाउँपालिका भित्रका ईच्छुक कृषकहरुले कृषि शाषामा सम्पर्क गर्नुहोला ।

Thursday, December 19, 2019 - 19:13

यस महाकुलुङ गाउँपालिका अन्तर्गतका अस्पताल तथा स्वास्थ्य चौकीहरुमा बिभिन्न पदमा करार पदपूर्तिका लागि मिति २०७६/०८/११ मा सूचना प्रकाशित भई मिति २०७६/०९/०२ गतेको लिखित परिक्षाको नतिजा र  मिति २०७६/०९/०३ गतेको अन्तर्वातामा प्राप्त गरेको प्राप्ताङ्क आधारमा तपशिल बमोजिमको योग्यताक्रम कायम गरी सम्बन्धित सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Wednesday, December 18, 2019 - 18:33

यस गाउँकार्यपालिकको मिति २०७६/०८/११ गते प्रकाशित करार पदपुर्ति सम्बन्धी सूचना अनुसार यहि मिति २०७६/०९/०२ गते सञ्चालित लिखित परीक्षामा सहभागी भई तपशील बमोजिमका सफल उम्मेद्वारहरुलाई अन्तर्वाताको लागि छनौट गरीएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

तपशिलः

१. पदः हे.अ

लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४

२.पदः अ.हे.ब

लिखित परीक्षामा सम्मिलित संख्याः ५
आवश्यक पद संख्याः ४
अन्तर्वाताको लागि छनौट संख्याः४

Thursday, November 28, 2019 - 11:42

मिति २०७६/०८/११ गते प्रकाशित करार पदको विज्ञापनको लागि उम्मेद्वारले भर्नुपर्ने दरखास्त फारम।

Friday, November 1, 2019 - 14:24

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागद्वारा संचालन हुने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण कार्यान्वयन गर्न प्रत्येक स्थानिय तहमा रहने सेवा केन्द्रमा रहेर कामकाज गर्न सेवा इकाईको लागि जनशक्ति छनौट मापदणड, २०७६ अनुसार विभागद्वारा मिति २०७६/०६/१४ गते संक्षिप्त सूची प्रकाशन भइसकेको र विभागद्वारा च.नं ३५७ मिति २०७६/०६/१७ गतेको पत्रानुसार सीप परीक्षण तथा अन्तर्वाताको लागी तपशिलमा उल्लेखित मिति, समय र स्थानमा संक्षिप्त सूचिमा परेका संवन्धित उम्मेद्वारलाई उपस्थित हुन यसै सूचना मार्फत सुचित गरिन्छ ।

Wednesday, September 4, 2019 - 13:27

आ.व ०७६/०७७ को स्वास्थ्य तर्फको स्विकृत कार्यक्रम

Sunday, August 11, 2019 - 10:56

आयोजना शुरु मितिः ०४/०१/२०७६

आयोजना पुरा मितिः ३२/०३/२०७७

 

Thursday, January 10, 2019 - 19:35

यहि माघ ४ गते माघे संक्रान्तिको अवसरमा पारेर महाकुलुङ गाउँपालिकाको वडा नं २, पेल्माङमा कृषि मेला प्रदर्शनी कार्यक्रम सञ्चालन हुन गईरहेको हुँदा यस महाकुलुङ गाउँपलिका भित्रका सम्पूर्ण कृषकहरुमा आफूले उत्पादन गरेको कृषि उपजहरु प्रदर्शन गरी सहभागी भईदिन हुनको लागि सूचना प्रकाशन गरीएको छ ।

कार्यक्रम
मितिः २०७५/१०/०४
स्थानः महाकुलुङ गाउँपालिका वडा नं २ पेल्माङ।
समयः बिहान ७ बजेबाट ।
आयोजकः महाकुलुङ गाउँपालिका कृषि शाखा,बुङ, सोलुखुम्बु ।

Pages