FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

उत्तरः यसमा दुई अलग अलग दस्तखत गर्न हुँदैन । कार्यालय दैनिक प्रयोजनमा जे दस्तखत गरिन्छ, त्यही दस्तखत नेपाली र अँग्रेजी दुवै व्यहोराको अन्त्यमा गर्नु पर्छ ।

उत्तर : सकिन्छ । तर एस.एल.सी. उत्तीर्ण भएको मितिले ६ महिना नाघेको अवस्थामा मात्र एस.एल.सी. को लव्धाकं पत्र र विद्यालयले दिएको चारित्रिक प्रमाणपत्रको आधारमा जन्म मिति सच्याउन सकिने व्यवस्था रहेको छ । एस. एल. सी. उत्तिर्ण भएको ६ महिनाभित्र जन्म दर्ता प्रमाणपत्रको आधारमा एस. एल. सी बार्डले शैक्षिक प्रमाणपत्रमा विवरण सच्याई दिने व्यवस्था रहेको छ ।

उत्तरः व्यक्तिगत घटना दर्ताको लागि देहाय बमोजीमका सूचक हुन सक्दछन् ।

व्यक्तिगत घटना सूचक बन्न सक्ने व्यक्ति

जन्म

- बुवा–आमा, बाजे वा परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको

उमेर पुगेको व्यक्ति,

 

- धर्मपुत्र पुत्रीको जन्म दर्ता गर्न कानून बमोजिम पारित लिखत समेत राखी धर्मपुत्र वा

धर्मपुत्री राख्ने बाबु वा आमाले,

 

- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको

सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद

रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको

हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको

प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा

सचिवको सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था

नभएको नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।

 

 

मृत्यु

- परिवारको मुख्य व्यक्ति र निजको अनुपस्थितिमा परिवारको उमेर पुगेको व्यक्ति,

 

- आमा बाबुको मृत्यु भएको सूचना दिने कर्तव्य भएको व्यक्ति नभएको अवस्थामा

विवाहित छोरी समेत,

 

- विवाहित दिदी बहिनीको मृत्युका सम्बन्धमा वंशज तर्फ कोही पनि नभएको

प्रमाणित भएको खण्डमा माईती तर्फका दाजु भाई समेत,

 

- बाबु आमा र वंशजतर्फ कोही पनि नभएकाको हकमा सम्बन्धित वडा सदस्यको

सिफारिशको आधारमा सम्बन्धित गाविसको अध्यक्ष वा उपाध्यक्ष र निजहरुको पद

रिक्त भएको अवस्थामा गाविस सचिव र नगरपालिकाको क्षेत्रभित्रको व्यक्तिको

हकमा सम्बन्धित वडा सदस्यको सिफारिशको आधारमा सम्बन्धित नगरपालिकाको

प्रमुख वा उपप्रमुख र निजहरुको पद रिक्त भएको अवस्थामा सम्बन्धित वडा सचिवको

सिफारिशको आधारमा कार्यकारी अधिकृत र वडा सचिवको व्यवस्था नभएको

नगरपालिकाको हकमा कार्यकारी अधिकृत ।

विवाह

- पति र पत्नी दुवै,

 

- वेपत्ता भएका नागरिकको विवाह दर्ता गर्न पति वा पत्नी एक्लै (सर्जमिन मुचुल्का

सहित), पतिले विवाह दर्ता गर्न ईन्कार गरेको अवस्थामा नाता कायम प्रमाणपत्र

वा सम्मानित अदालतको फैसलाको प्रमाणपत्र भएमा पत्नी एक्लैले ।

सम्बन्ध बिच्छेद

- पति वा पत्नी मध्ये कुनै एक (तर अदालतले सम्बन्ध विच्छेदको फैसला गरेको

कागजात जरुरी हुन्छ ।

 

- दौत्य सम्बन्ध भएको मुलुकको अदालतमा सम्बन्ध विच्छेद गर्ने नेपाली नागरिकको

हकमा राजदुतावासबाट प्रमाणित अदालतको फैसलाको आधारमा पति वा पत्नीले,

बसाईसराइ

- परिवार सबै बसाईसराइ गर्ने भए परिवारको मुख्य व्यक्तिले,

 

- व्यक्ति एक्लै बसाइँ सराईँ गर्ने भए व्यक्ति स्वयम्ले ।

उत्तर: स्थानीय पञ्जिकाधिकारीले ।

उत्तर: सम्बन्धित व्यक्ति स्थायी बसोबास गरेको वडामा।

उत्तर: जरुरी छ । व्यक्तिले राज्यबाट पाउने सेवा सुविधा र हक स्थापनाका गर्न कानून बमोजिम गर्ने व्यवहारका लागि व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र जरुरी हुन्छ ।

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

उत्तरः देहायको अवस्थामा भत्ता पाइरहेका व्यक्तिको लगत कट्टा गर्नुपर्दछ :
- मृत्यु भएमा
- बसाइ सरी अन्यत्र गएमा
- एकल/ बिधवा महिलाले अर्काे विवाह गरेमा
- बालबालिकाको उमेर ५ वर्ष पूरा भएमा
- झुटा विवरण पेश गरी भत्ता लिएको पुष्टी भएमा
- स्वेच्छाले भत्ता लिन नचाहेमा
- परिचयपत्र नविकरण नगरेमा
- एक वर्ष भरीको कुनैपनि किस्ता रकम नबुझेमा

उत्तरः मिल्दैन । हस्ते गरी वा नगरी सम्बन्धित व्यक्ति बाहेक अन्य व्यक्तिलाई भत्ता रकम वितरण गर्न मिल्दैन । रातो कार्ड पाएका पूर्ण अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्रमा उल्लेखित निजको संरक्षकलाई तथा बालबालिकाको भत्ता निजको आमा वा अभिभावकलाई बुझाउन मिल्छ।

उत्तरः एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा वितरण गर्न नमिल्ने  भएकोले अघिल्लो आ.व.को भत्ता पाउँदैनन् । त्यस्ता व्यक्तिहरुले असारको २० गते सम्म रकम नबुझेमा त्यस्तो रकम सरकारी ढुकुटी (राजस्व) मा फिर्ता हुन्छ ।

उत्तरः अघिल्लो चौमासिकको भत्ता रकम दोश्रो वा तेश्रो चौमासिकमा प्राप्त गर्न सकिन्छ तर एक आर्थिक वर्षको भत्ता अर्को आर्थिक वर्षमा लिन सकिँदैन ।

उत्तरः गर्नुपर्दछ । सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरुले हरेक आ.व. को मार्ग १५ भित्र आफ्नो परिचय पत्र नवीकरण गर्नको लागि निवेदन दिनुपर्दछ । नवीकरण नगरेमा पछिल्लो आ.व. मा भत्ता प्राप्त गर्न सकिने छैन।

उत्तरः सक्दैनन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न परिचय पत्र प्राप्त गरेकै हुनुपर्छ ।

उत्तरः चालु आ.व.को आषाढ मसान्तसम्म उमेर पुग्ने नागरिकहरु र आगामी आ.व.को फागुन मसान्तसम्म उमेर पुग्ने जेष्ठ नागरिकले समेत अनिवार्य रुपमा आवश्यक कागजात सहित चालु आवको मंसिर १५ भित्र निवेदन पेश गरेको हुनुपर्दछ । मंसिर १५ गतेभित्र त्यस्तो निवेदन नदिएमा त्यस्ता व्यक्तिले आगामी आर्थिक वर्षमा भत्ता पाउँदैनन् ।

उत्तरः सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुले हरेक आर्थिक वर्ष (श्रावण देखि आषाढ मसान्त सम्म) को मंसिर १५ भित्र सम्बन्धित वडा वा गाउँपालिका/नगरपालिकाको कार्यालयमा निवेदन दिनु पर्दछ । तर एकल महिला, अपाङ्गता भएका व्यक्तिहरु तथा बालबालिकाहरुको हकमा जहिले सुकै निवेदन दिन पाइन्छ।

उत्तरः नेपाल सरकार वा नेपाल सरकारको मान्यता प्राप्त संघसंस्था, कम्पनीबाट तलव, भत्ता, पेन्सन वा यस्तै अन्य नाममा मासिक रुपमा प्राप्त गर्नेहरुले सामाजिक सुरक्षा भत्ता लिन पाइदैन ।

उत्तरः जन्मिएको साल खुलेको तर  महिना र  गते नखुलेको भए  वा उमेर मात्र उल्लेख भएको भए सम्बन्धित वर्ष(साल) को चैत्र मसान्तलाई आधार मानी जन्म मिति गणना गरिनेछ ।

उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ

क्र.सं. लाभान्वित वर्ग भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था मासिक रकम रु. कैफियत

१.

ज्येष्ठ नागरिक

कर्णालीः ६० वर्ष पुगेको

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–

 

२.

एकल महिला

विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको

विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

३.

विधवा

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

४.

पूर्ण अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

२०००।–

 

५.

अति अशक्त अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

६००।–

 

६.

लोपोन्मुख आदिवासी÷जनजाती

बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु

२०००।–

 

७.

बालबालिका

पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका:

कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका

देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

४००।–