FAQs Complain Problems

महाकुलुङ गाउँपालिका गाउँकार्यपालिकाको मिति २०७७/०२/०८गतेको निर्णयहरु

१.COVID-19 कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी देहयाय बमोजम थप कार्यक्रमहरु अगाडि बढाउनेः

  • देहाय बमोजिमको Case Investigation and Contact Tracing Team (CICTT) गठन गरी परिचालन गर्ने

हरि प्रसाद आचार्य, स्वास्थ्य शाखा संयोजक                         संयोजक

तारा राई, असिस्टेन्ट ल्याव टेक्निसियन                               सदस्य

जितेन्द्र राई, पारामेडिक्स                                               सदस्य

  • सोम्रो डाँडा क्वारेन्टाइन व्यवस्थापन समितिको गठन र परिचालन गर्नेः

प्रदिप राई, २ नं. वडा अध्यक्ष                                          संयोजक

डा. विर्खराज राई, पशुपन्छी सेवा शाखा प्रमुख                      सदस्य

खरिधन राई, योजना शाखा प्रमुख                                     सदस्य

- COVID-19 कोरोना भाइरस संक्रमन रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाको नाकाहरुमा अन्यत्रबाट अपरिचित व्यक्तिहरुको प्रवेस रोक्न ११ जना गाउँ स्वयमसेवक नियुक्ति गरी देहाय बमोजिमको नाकाहरुमा परिचालन गर्ने । गाउँ स्वयमसेवकको नियुक्ति प्रत्येक वडाबाट २ जनाको दरले सम्बन्धित वडाको सिफारिसमा र एकजना गाउँपालिकाको सिफारिसमा गरिनेछ । गाउँ स्वयमसेवकको सेवासुविधा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट मासिक १५,०००।- अक्षरेपी पन्ध्र हजारको दरले भुक्तान गर्ने ।

सिमा/नाकाहरुः  पात्ले, घानाम्ला, छाराखर, सोम्रोडाँडा, बोक्सुवार, नुर्कुम, धाम्रोछा आदि ।

- विदेशमा वसोबास गर्नुहुने महाकुलुङ गाउँपालिकाको नागरिकहरुको सम्बन्धित वडाबाट लगत संकलन गरी गाउँपालिकाको कार्यालयमा पठाउने ।

२.नेपाल सरकारले घोषणा गरेको लकडाउनको प्रभावको कारण काठमाण्डौँमा अप्ठ्यारोमा परी बसोबास गर्ने महाकुलुङ गाउँपालिकाको ६४० घरपरिवारहरुलाई चामल, दाल, तेल वितरण कार्यमा भएको खर्च तथा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा भएको सम्पूर्ण खर्चको खर्च अनुमोदन गर्ने साथै गाउँपालिका भित्र अतिविपन्न घरपरिवार/नागरिकहरुलाई देहायबमोजिम राहत वितरण गर्नेः

-चामल ३ जना वा सो भन्दा बढी सदस्य भएको प्रतिपरिवार ३० के.जी.

-चामल २ जना वा सो भन्दा कम सदस्य भएको प्रतिपरिवार १५ के.जी.

३.सुर्के खोला लघुजलिविद्युत आयोजनाबाट महाकुलुङ गाउँपालिका वडा नं. १ स्थित नाजिङ, छाराखोर, खिरौँलेमा विद्युत प्रशासन लाइन विस्तार गर्न महाकुलुङ गाउँपालिकाबाट विनियोजित बजेट रु. ३५,००,०००।- अक्षरेपी पैतीस लाख मात्र । काम सम्पन्न भइसकेकोले प्राविधिक कार्य सम्पन्न प्रतिवेदन, योजना अनुगमन समितिको प्रतिवेदन, वील भर्पाइको आधारमा सोझै उपभोक्ता समितिलाई रकम भुक्तानी गर्ने ।

४.आ.व. २०७७-०७८ को लागि प्रदेश समपुरक अनुदान कार्यक्रम एक घर एक धारा कार्यक्रम अन्तर्गत महाकुलुङ गाउँपालिका वडा ४ स्थित Gudel Water Supply Project, Mahakulung-4, आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश-१ मा सिफारिस गर्ने ।

५.गुदेल महाकुलुङ एयरपोर्ट निर्माणको लागि स्थानीय स्तरमा जग्गा व्यवस्थापन समिति र केन्द्रीय स्तरमा उच्च स्तरीय समन्वय तथा पहल समिति गठन गरी गठन गरी अगाडि बढ्ने । स्थानीय जनप्रतिनिधि, भद्रभलादमी, समाजसेवी, जग्गादाताहरु रहने गरी जग्गा व्यवस्थापन समिति र सोलुखुम्बु जिल्लाको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य ज्यूहरु रहने गरी उच्च स्तरीय समिति गठन गर्ने ।

६.महाकुलुङ गाउँपालिकामा कृषि बालीहरुमा देखा पर्न थालेको फौजी किरा नियन्त्रण गर्न रसायनिक तथा जैविक विषादी खरिद तथा ढुवानी गरी कृषक वर्गलाई वितरण गर्ने । विषादी खरिदको लागि महाकुलुङ गाउँपालिका कृषि विकास शाखा अन्तर्गतको स्वीकृत कार्यक्रमहरु माटो परीक्षण शिविर सञ्चालनको ६०,०००।- माटो परीक्षणको लागि स्थलगत घुम्ति तालिम ७५,०००।-, चियाको विरुवा खरिद ढुवानी तथा वितरण कार्यक्रम १,००,०००।- र च्याउ खेतीको लागि कालो प्लाष्टिक खरिद कार्यक्रम शीर्षकको रु. ९०,०००.- गरी जम्मा रु. ३,२५,०००।- अक्षरेपी तीन लाख पच्चिस हजार मात्र । कार्यक्रमहरु संशोधन गर्ने ।

७.महाकुलुङ गाउँपालिका अन्तर्गत वडाहरुमा दीर्घ रोगी भई नियमित औषधी सेवन गरिरहनुभएका नागरिकहरुलाई नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभर कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट खर्च हुने गरी निशुल्क औषधी वितरण गर्ने ।

८.महाकुलुङ गाउँपालिका र One Heart World Wide को साझेदारीमा महाकुलुङ प्राथमिक अस्पतालमा निर्माणधीन बर्थिङ सेन्टरको निर्माण कार्य नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण स्थगित भई सम्झौता मिति २०७७/०२/१५ गते सकिने तथा सो समयावधिमा निर्माण कार्य सम्पन्न हुन नसक्ने भएकोले मिति २०७७/०५/१५ सम्मको सम्झौता म्याद थप गर्न One Heart World Wide नेपाललाई अनुरोध गर्ने ।

९. महाकुलुङ प्राथमिक अस्पतालमा पोष्टमार्टमको लागि आवश्यक पूर्वाधारको निर्माण/विकास गरी सम्बन्धित निकायमा अनुमतिको लागि माग गर्ने ।

१०. महाकुलुङ गाउँपालिकामा भूमी उपयोग र आवादी व्यवस्थापन प्रयोजनको लागि वडागत रुपमा बाझो जग्गाको लगत संकलन गर्ने । उक्त कार्य सम्बन्धी वडाको समन्वयमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यमा खटिने गणक तथा सुपरीवेक्षकहरुलाई परिचालन गर्ने ।

११. COVID-19 कोरोना भाइरसका कारण मिति २०७६/१२/११ गते देखि स्थगित महाकुलुङ गाउँपालिकाको सम्पूर्ण गौरवको आयोजनाहरु, प्रदेश समपुरक अनुदानबाट सञ्चालित आयोजना, सशर्त अनुदानबाट हस्तान्तण भएका योजनाहरु, स्थानीय पूर्वाधार विकास कार्यक्रमहरु, प्रदेश निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रमहरु, वडाको योजना तथा कार्यक्रमहरु अर्को निर्णय नभए सम्मको लागि तत्काल सुचारु गर्ने ।

१२. आ.व.२०७७/०७८ देखि गाउँपालिकामा ICT Centre स्थापना र सञ्चालन गर्ने ।

१३. विद्यालय भौतिक पूर्वाधार निर्माण अनुदान शसर्त शीर्षकमा प्राप्त अनुदानबाट कार्यक्रम कार्यान्वयन पुस्तिका आ.व. २०७६/०७७ बमोजिमको मापदण्डमा रहि देहाय बमोजिमको सामुदायिक विद्यालयहरुलाई देहाय बमोजिम कार्यक्रम कार्यान्वयनको लागि अनुदान उपलब्ध गराउनेः

क्र.स

विद्यालयको नाम

विवरण

विनियोजित बजेट

१.

घ्याङखर्क आ.वि.

२ कोठे भवन निर्माण

१० लाख

२.

शहिद स्मृति आ.वि.

WASH शौचालय निर्माण

७ लाख

३.

जनसुधार आ.वि. छेस्काम

WASH शौचालय निर्माण

७ लाख

४.

पात्ले आ.वि. बुङ

WASH शौचालय निर्माण

७ लाख

५.

महाकुलुङ आ.वि. छेस्काम

WASH शौचालय निर्माण

७ लाख

६.

देनाम आ.वि. छेस्काम

WASH शौचालय निर्माण

७ लाख

७.

सगरमाथा मा.वि. बुङ

भवन मर्मत

४ लाख

१४. .विद्यालयमा शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान सम्बन्धमा कार्यक्रम कार्यान्वयन पुस्तिका आ.व. २०७६/०७७ बमोजिम देहायका विद्यालयहरुलाई देहाय बमोजिमको अनुदान प्रदान गर्नेः

  1. तोकीएको सूचांकको आधारमा कार्यसम्पादन सम्पन्न गर्ने कार्यसम्पादनमा आधारित अनुदान-श्री गुदेल मा.वि., गुदेल
  2. गणित, विज्ञान र अंग्रजी विषयका लागि शैक्षिक सामग्री अनुदान- श्री जनसुधार आ.वि. बुङ
  • श्री खिरौले आ.वि., खिरौले
  • श्री सगरमाथा मा.वि., बुङ
  • श्री पेल्माङ आ.वि., पेल्माङ
  • श्री छेस्काम मा.वि., छेस्काम
  • श्री बासुकी आ.वि., तुमाउ
  • श्री गुदेल मा.वि. गुदेल
  • श्री अमरज्योति आ.वि. गुदेल
  1. शिक्षण सिकाइमा आइ.सि.टी. को प्रयोग ( कम्प्युटर, इन्टरनेट, कनेक्टिभिटी इक्युपमेन्टस तथा KTS खरिदको लागि अनुदान- श्री पेल्माङ आ.वि. पेल्माङ

१५.आधारभूत स्वास्थ्य सेवा केन्द्र, पेल्माङ र आधारभूत स्वास्थ्य सेवा केन्द्र, तुमाउको भवन ( ४ कोठे) कूल लागत ३८, ००, ०००।- अक्षरेपी अठतीस लाख मात्र प्रति सेवा केन्द्रको भवन निर्माणको लागि प्राप्त सिलिङ बमोजिम ठेक्का प्रक्रिया अगाडि बढाउने ।

१६. कृषि विकास शाखामा गोठ सुधार र कार्यक्रमको लागि प्राप्त शसर्त बजेट रु. ३,००,०००।- अक्षरेपी तीन लाख मात्र वडाको सिफारिसमा प्रति किसान रु. ६०,०००।- अक्षरेपी साठी हजार मात्र को लागतमा गोठ सुधार कार्यक्रम सञ्चालन गर्ने।

१७.कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा देहायका शीर्षकबाट रकमान्तर गरी जम्मा गर्नेः

  • गाउँपालिकाको न्यायिक समिति तथा मेलमिलाप अभिमुखिकरण कार्यक्रम तर्फको रु. ५,००,०००।- अक्षरेपी पाँच लाख मात्र ।
  • वडा नं. २ मा सञ्चालित तोरीमौरी पकेट कार्यक्रम रु. ५,००,०००।- अक्षरेपी पाँच लाख ।
  • गाउँपालिकामा आँखा केन्द्र स्थापना तथा व्यवस्थापन रु. ५,००,०००।- अक्षरेपी पाँच लाख ।

१८.विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल सरकारले घोषणा गरेको लकडाउनले स्थगित गाउँपालिकाको सबै किसिमका योजना तथा कार्यक्रमहरु मिति २०७७/०२/०८ देखि नियमित रुपमा सुचारु गर्ने । प्रक्रियामा रहेको सबै खाले ठेक्का तथा निर्माण कार्यलाई अगाडि बढाउने ।

१९. महाकुलुङ तालको पर्यटकीय पूर्वाधार विकासको लागि DPR तयार गर्न प्रदेश सरकार सशर्त अनुदानबाट आ.व. २०७६/०७७ को लागि विनियोजित रु. १५,००,०००।- (अक्षरेपी पन्ध्र लाख मात्र ) बजेटबाट Quotation मार्फत कार्य अगाडि बढाउने ।

२०. महाकुलुङ गाउँपालिका पशुपन्छि सेवा शाखा अन्तर्गत लोकल कुखुराको मिनि ह्याचरीको लागि विनियोजित बजेट रु. २,५०,०००।- अक्षरेपी दुई लाख पचास हजार मात्र श्री मितेरी गाउँ कृषि फार्म प्रा.लि.बुङलाई अनुदान रकम उपलब्ध गराउने।

२१.गाउँपालिकाको कृषि तथा पशुपन्छि सेवा शाखामा कार्यरत नायब पशु सेवा प्राविक श्री विनोद वावु वस्नेत, नायब पशु स्वास्थ्य प्राबिधिक श्री अनिल राई, नायब प्राबिधिक सहयाक श्री पवित्रा नाछिरिङ र नायब प्राबिधिक सहायक श्री निरकुमार राईको आ.व. २०७६/०७७ मा कृषि तथा पशुपन्छि विकास मन्त्रालयबाट प्रथम चौमासिकको तलब भत्ता निकासा भएको र बाँकी दुई चौमासिकको तलब, चाडपर्व खर्च र पोशाक भत्ता यस गाउँपालिकाको योजना सञ्चालन खर्च कन्टेन्जेन्सीबाट खर्च गरी अपुग तलब भत्ता भक्तानी गर्ने ।

२२.पशुपन्छि सेवा शाखाको प्राकृतिक गर्भाधानको लागि बोयर बोका तथा राँगो खरिद कार्यक्रमको स्वीकृत बार्षिक बजेट रु. ९,००,०००।- अक्षरेपी नौ लाख मात्र । कार्यक्रम कार्यान्वयनको लागि ना. पशु सेवा प्राविधिक विनोद बाबु वस्नेतले बोयर बोका तथा राँगो खरिद गर्न पेश्की रकम लिई सकेको तर नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण खरिद कार्य नसकिएको कारण निज कर्मचारीलाई उक्त रकम गाउँपालिकाको चालु खर्च खातामा फिर्ता गराउने ।

२३.चालु आ.व. २०७६/०७७ मा यस गाँउपालिकालाई प्राप्त हुनु पर्ने संघीय सरकार राजस्व बाँडफाँडको कूल अनुदान ७ करोड ७४ लाख मध्य कूल ३ करोड ५० लाख १० हजार ९ सय ३३ मात्र प्राप्त भई राजस्व बाँडफाँडबाट सञ्चालन हुने गाउँपालिका तथा वडा कार्यालयकहरुको योजना, तलब भत्ता तथा अन्य कार्यक्रमहरुको सञ्चालन तथा भुक्तानी गर्न नसकिने अवस्था आएकोले गाउँसभाबाट अनुमोदन गर्ने गरी स्रोत सुनिश्चित नभएका उक्त योजना, कर्मचारी तथा पदाधिकारी तलब भत्ता र अन्य कार्यक्रमहरु संघिय सरकार वित्तीय समानिकरण तथा प्रदेश सरकार वित्तीय समानिकरणबाट खर्च व्यहोर्ने गरी भुक्तानी गर्ने ।

२४.महाकुलुङ गाउँपालिका बुङ चोकदेखि गत्तेल चोकसम्म बाटो ढुङगा सोलिङको लागि प्राबिधिक स्टमेट अनुसारको लागत रु. ११,०४,०००।- अक्षरेपी एघार लाख चार हजार मात्र योजना सञ्चालन खर्च कन्टेन्जेन्सीबाट खर्च हुने गरी योजना सम्झौता गरी कार्यान्वयन गर्ने ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: