FAQs Complain Problems

गाउँकार्यपालिकाको बैठको निर्णय - २०७६ चैत २४

१. विश्वब्यापी रुपमा फैलिरहेको COVID-19  कोरोना भाइरस नियन्त्रणको क्रममा भएको आवागमण निषेधबाट उत्पन्न परिस्थितिमा लक्षित परिवारलाई राहत उपलब्ध गराउने सम्बन्धी मार्गदर्शन, २०७६ र असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराउने राहत सम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गर्ने ।

२.महाकुलुङ गाउँपालिकाको स्थानीय सार्वजिनिक खरिद ऐन, २०७६ आसन्न गाउँसभाबाट अनुमोदन गर्ने ।

३.व्यवसाय दर्ता तथा कर व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७६ स्वीकृत गर्ने ।

४.स्थानीय तहमा आधारित स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ (प्रथम संशोधन, २०७६)  स्विकृत गर्ने ।

५.स्थानीय तहमा चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७६ स्विकृत गर्ने ।

६.विश्वब्यापी रुपमा फैलिरहेको COVID-19  कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गाउँपालिका भित्र गरिएको प्रचारप्रसार, बजार खाद्य अनुगमण, Isolation and Quarantine व्यवस्थापन, सरसफाई आदि क्रियाकलापमा यस अगाडि भएको खर्चको अनुमोदन गर्ने ।

७.सामुदायिक विद्यालयहरुको लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ति गर्न सूचना प्रकाशन/प्रशासरण गर्ने । सूचीकृत लेखापरीक्षकको कार्यानुभवको आधारमा लेखापरीक्षक नियुक्ति गर्ने ।

८.देहायका सामुदायिक विद्यालयहरुको शैक्षिक शत्र २०७७ देखि लागू हुने गरी कक्षा Upgrade वृद्धि/थपको अनुमति प्रदान गर्नेः

  • श्री जनसुधार आधारभूत विद्यालय           - कक्षा ६
  • श्री खिरौले आधारभूत विद्यालय               - कक्षा ८
  • श्री हिमचुली आधारभूत विद्यालय            - कक्षा २
  • श्री चोमोलुङमा आधारभूत विद्यालय        - कक्षा ३

९.हुंगा भ्याली आवासीय पाठशाला (अंग्रेजीमा Hunga Valley Boarding School ) शैक्षिक शत्र २०७७ देखि निजी शैक्षिक गुठि अन्तर्गत कक्षा तीन ३ सम्म सञ्चालन अनुमती प्रदान गर्ने ।

१०.विश्वब्यापी रुपमा फैलिरहेको COVID-19  कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गाउँपालिका भित्र खटिने कर्मचारीहरुलाई जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन सकिने । त्यस्तो जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध पाउने कर्मचारीले आफूले सम्पादन गरेको प्रतिवेदन गाउँकार्यापालिकाको कार्यालयमा पेश गर्नुपर्ने ।

११.विश्वब्यापी रुपमा फैलिरहेको COVID-19  कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गाउँपालिका भित्र खटिने स्वास्थ्य सेवाको कर्मचारीहरुलाई जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन सम्बन्धमा नेपाल सरकारबाट उपलब्ध शसर्त बजेटको खर्च गर्ने सम्बन्धमा सम्बन्धित निकायमा राय माग गर्ने ।

१२.पशुपन्छि सेवाशाखाको तपशीलका सेवाशुल्क सम्बन्धी नागरिक वडापत्र अनुमोदन गर्नेः

क्र.स

विवरण

लाग्ने शुल्क रु. मा

कैफियत

गाईभैसी

१०।-

 

कुखुरा, हाँस र अन्य पंक्षी

५।-

 

भेडा, बाख्रा, बंगुर र खरायो

१०।-

 

कुकुर र विरालो

२५।-

 

‍५

घोडा, खच्चड, बाँदर र अन्य बन्यजन्तु

५०।-

 

गोबर परीक्षण

१०।-

 

गाईभैसी सब परीक्षण

५०।-

 

भेडा, बाख्रा, बंगुर सब परीक्षण

२५।-

 

सबैखाले पंक्षी सब परीक्षण

१०।-

 

१०

कुकुर विरालो

१००।-

 

११

घोडा, खच्चड र बन्यजन्तु

२००।-

 

१२

बोका, साँढे, राँगो सुमार्ने

२५।-

 

१३

बंगुर/सुँगुर/कुकुर ओपन क्यास्ट्रेसन

५०।-

 

१४

बंगुर/सुँगुर/कुकुर स्पेयिङ

२००।-

 

१५

रगत, दुध, पिसाब परीक्षण

१००।-

 

१३.पशुखोप सेवा सञ्चालनको लागि १० जना भ्याक्सिनेटर पशुपन्छी सेवा शाखाको सिफारिसमा १ महिनाको लागि नियुक्ति गर्ने । शसर्त बजेट शिर्षकबाट मासिक रु. १२, ५००।- अक्षरेपी ( बाह्र हजार पाँच सय मात्र ) उपलब्ध गराउने ।

१४.महाकुलुङ गाउँपालिका पशुपन्छि सेवा शाखाबाट सञ्चालन हुने अनुदान कार्यक्रमहरु सञ्चालनार्थ सम्बन्धीत शाखाबाट प्रस्ताब पेश भएका पशुविकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७६, रेन्बो ट्राउट मत्स्य उत्पादन कार्यक्रम कार्यन्वायन कार्यविधि, २०७६, व्यवसायिक पशुपन्छीपालन कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ लाई अनुमोदन गर्ने ।

१५.गाउँपालिकामा एक भेटेरीनेरी अस्पताल र पशु बधशाला स्थापना र सञ्चालन गर्न सम्बन्धीत निकायसँग समन्वय गर्ने ।

१६.गाउँपालिका अन्तर्गत सम्पर्ण वडाहरुमा आ.व. २०७७/०७८ देखि कृषि तथा पशु सेवा इकाईको स्थापना र सञ्चालनको लागि आवश्यक प्रकृया अगाडि बढाउने ।

१७.गाउँपालिका अध्यक्षको संयोजकत्वमा पुरस्कार छनौट समिति गठन गरी उत्कृष्ट कृषकलाई नगदै पुरस्कारबाट पुरस्कृत गर्ने ।

१८.मकालु बरुण बुङ सेक्टर कार्यालयको पश्चिम पट्टि तेजु कुमारी कुलुङ, गेल्वो राई, शम्भु राई, आशाधनी राई र शुक्र राज राईको संयुक्त नाममा रहेको कि.नं. क्रमशः ३०७०, ३०७१, ३०७२ र ३०७३ र क्षेत्रफल क्रमशः २३७३ वर्ग मि., ७९२ वर्ग मि., ४२८ वर्ग मि. र १४२ वर्ग मि. रहेको जग्गा गाउँपालिकाको जेरो पोइन्ट तोकी जेरो पोइन्ट व्यवस्थापन गर्ने  ।

१९.पशुपन्छी सेवा शाखाको आ.ब. ०७६/७७ को टोल/टोलमा प्राबिधिक सेवा शिर्षकको बार्षिक स्वीकृत कार्यक्रम बजेट एकवटा कार्यक्रम बराबर रु. ५०,०००/- मध्येबाट रु. ४०,०००/ बराबरको औषधि खरिद गरीएको र बाँकी रु १०,०००/- अन्य व्यवस्थापनमा खर्च भएकोले सोही बमोजिम अनुमोदन गर्ने ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: