FAQs Complain Problems

औषधि खरिद सम्वन्धी सिलवन्दी दरभाउ पत्र आव्हानको सूचना ।

महाकुलुङ गाउँपालिका मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई आवस्यक पर्ने बफर स्टोकको औषधिहरु सिलवन्दी दरभाउ पत्रका माध्यमबाट खरिद गर्नु पर्ने भएकाले सप्लाई गर्न ईजाजत प्राप्त फर्म,सप्लायर्स एवं बिक्रेताहरुबाट निम्न शर्तको अधिनमा रही रितपुर्बकको शिलबन्दी दर भाउ पत्र पेश गर्नु हुन यो सुचना प्रकाशित गरीन्छ ।

शर्तः
१. यो सिलवन्दी दरभाउ पत्र प्रथमपटक सुचना प्रकाशित भएको मितिले १५ औ दिनको कार्यालय समय भित्र रु ३,०००।– तिन हजार मात्र  (फिर्ता नहुने गरी)  निवेदन साथ संलग्न राखी  कार्यालय समय भित्र सिलवन्दी दरभाउपत्रदाता वा निजको अधिकृत प्रतिनिधिले यस कार्यालयवाट सिलवन्दी दरभाउ पत्रखरिद गर्न सकिने छ ।
२. सिलवन्दी दरभाउ पत्र खरिद गर्नका लागि निवेदनमा रु १०।– को टिकट टाँसि ,आ.व.२०७७÷०७८ का लागि नविकरण गरिएको  औषधि तथा उपकरण विक्रि गर्ने इजाजत पत्र ,कम्पनि दर्ता प्रमाण पत्र वा फर्म दर्ता प्रमाण पत्र, औषधी व्यवसायी प्रमाण पत्र, आयकर दर्ता  प्रमाण पत्र तथा मुल्य अभिवृद्धि कर दर्ता प्रमाण पत्र र नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपिहरु ,आ.व.२०७६÷०७७ मा मुल्य अभिवृद्धि कर चुक्ता प्रमाण पत्र संलग्न राखी तोकिएको स्थानवाट सिलवन्दी दरभाउ पत्रफाराम खरिद गर्न निवेदन पेश गर्नु पर्ने छ ।
३. सुचना प्रकाशित भएको मितिले १५ औ दिन सम्म सिलवन्दी दरभाउपत्र फाराम विक्रि वितरण हुने छ र १६ औ दिनको १२ वजे सम्म विक्रि भई सकेका सिलवन्दी दरभाउपत्रहरुको दर्ता कार्य हुने सोही  दिनको २ वजे दर्ता हुने आएका शिलवन्दी दरभाउ पत्र फारामहरु खोलिने छ । सो सिलवन्दी दरभाउ पत्रसाथ आफुले कवोल गरेको अंकको २.५% (अढाई प्रतिशत) ले हुन आउने रकम वरावरको क बर्गको एभरेष्ट बैंकबाट जारी भएको बैंक जमानत वा महाकुलुङ गाउँ पालिकाको बैक धरौटी खाता नं. ०८३००१०६२००००३ मा नगद जम्मा गरी सो को सक्कलै भौचर पेश गर्नुपर्ने छ वा कम्तिमा ७५ दिन म्याद भएको जमानत (विडवण्ड) को सक्कल प्रति पेश गर्नु पर्ने छ ।
४. सिलवन्दी दरभाउ पत्र खरिद गर्ने, दर्ता गर्ने र खुल्ने दिन विदा परेमा उक्त कार्यंहरु सो को भोली पल्ट हुनेछ ।
५. म्याद भित्र दर्ता हुन आएका शिलवन्दी दरभाउ पत्र फारामहरु सोही दिनको २ वजे सरोकारवाला कार्यालयका प्रतिनिधिहरु र दरभाउ पत्र   पेशकर्ताहरु वा निजको प्रतिनिधिको रोहवरमा यस कार्यालयमा खोलिने छ । दरभाउ पत्र पेशकर्ताहरु वा निजको प्रतिनिधि उपस्थित नभएमा पनि शिलवन्दी दरभाउ पत्र खोल्न कुनै बाधा पुग्ने छैन ।
६. सिलवन्दी दरभाउ पत्रकवोल गरिएको दर रेट अंक र अक्षर दुवैमा प्रस्ट रुपमा लेखिएको हुनुपर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिईने छ । केरमेट भएको ठाँउमा दस्तखत गरेको हुनु पर्ने छ । कवोल अंक लागत स्टिमेटभन्दा १५% भन्दा कम उल्लेख भएमा सो कम हुन आउने रकमको ५०% रकम थप धरौटी जम्मा गर्नुपर्ने छ ।
७. आपुर्तिकर्ताले औषधिको हकमा ध्ज्इ न्ःए प्राप्त र सर्जिकल सामाग्रीको हकमा क्ष्क्इ मान्यता प्राप्त कम्पनीहरुबाट उत्पादित औषधिहरु मात्र आपुर्ति गर्नु पर्ने छ नेपालमा उत्पादित बाहेका कम्पनीहरुबाट उत्पादित औषधि आपुर्ति गर्नु पर्ने भएमा उक्त कम्पनीको ध्ज्इ न्ःए तथा सिलवन्दी दरभाउ पत्रमाग गरीएका सर्टिफीकेट अनिबार्य रुपमा पेश गर्नु पर्ने छ ।,
८. आ.व. २०७७÷०७८को लागि औषधि  खरिदमा थप रकम व्यवस्था भई आएमा यसै दर रेट अनुसार खरिद हुनेछ र पुन सिलवन्दी दरभाउ पत्र गर्न समय अभाव भएमा पहिलाको ठेक्का स्वीकृत भएको ठेकेदारसँग पुन ः संझौता गरि उपकरण खरिद हुने छ । यस आ.व.को आगामी आषाढ मसान्तसम्म हुने कुनै प्रकारको मुल्य अभिवृद्धि करलाइ स्वीकार गरिने छैन ।
९. आपुर्ति गरीने औषधिको मान्य अबधि मिति ९भ्हउष्चथ म्बतभ ०स्टोर दाखीला भएको दिनबाट कम्तीमा १८ महिना बाकी भएको हुनु पर्ने छ र १८ महिना                भन्दा कम९भ्हउष्चथ म्बतभ ०भएका औषधिको हकमा स्टोर दाखीला मितिले ७५ प्रतिशत म्याद बाकी हुनु पर्ने छ ।
१०.आपुर्ति हुने औषधिहरुको स्ट्रीप र बोतलको प्रत्येक प्याकिङ बाहीर ःँम् (उत्पादन मिति), भ्हउष्चथ म्बतभ  तथा व्याच नं  ूक्गउउथि ँयच      ःष्लष्कतचथ इा ज्भबतिज बलम एयउगबितष्यल ल्भउब िू निःशुल्क बितरणको लागी भनि लेखिएकोे हुनु पर्ने छ ।
११. औषधि खरिदको सिलवन्दी दरभाउ पत्र स्वीकृत गर्दा बोल कवोल अंक मध्ये न्यूनतम मुल्यका आधारमा स्वीकृत गरिने छ ।
१२. सिलवन्दी दरभाउ पत्रपेश गर्दा मुल्य अभिवृद्धि कर वाहेकको दर रेट पेश गर्नुपर्ने छ ।
१३. सिलवन्दी दरभाउ पत्र स्वीकृत भएपछि संझौता गर्न आउँदा कवोल अंकको ५% ( पाँच प्रतिशत) ले हुने आउने रकम वरावरको कम्तीमा ९० दिनको मान्यता प्राप्त वैक जमानत पत्र वा नगद उल्लेखित धरौटी खातामा जम्मा गरेको सक्कल भौचर पेश गर्नुपर्ने छ ।
१४  सिलवन्दी दरभाउ पत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा रहने छ ।
१५. यस कार्यालयमा औषधि आपुर्ति गर्दा लाग्ने ढुवानी तथा अन्य करहरु वोलपत्रवाला स्वयंले वेहोर्नु पर्ने छ ।
१६. सिलवन्दी दरभाउ पत्रदाताले दरभाउ पत्र खरिद गर्दा सम्वन्धित कार्यालयको अधिकार प्राप्त कर्मचारीको दस्तखत, कार्यालयको छाप लागेको सिलवन्दी दरभाउ पत्र फाराम खरिद गर्नुपर्ने छ तथा दस्तखत र कार्यालयको छाप नभएको वोलपत्र कुनै पनि हालतमा मान्य हुने छैन ।
१७. आफुले सप्लाई गरिने औषधिहरुको अधिकार प्राप्त ९ब्गतजयचष्तथ ीभततभच० स्वदेशी कम्पनीको हकमा उत्पादकवाट वा विदेशी कम्पनी भए ल्बतष्यलब िक्गउउष्भिक  बाट लिई पेश गर्नु पर्ने छ ।
१८. सिलवन्दी दरभाउ पत्र फारम खरिद गर्ने प्रत्येक दरभाउ पत्रदाताले उपकरण आइटम वाइज उत्पादक कम्पनीको नाम अनिवार्य रुपले भर्नुपर्ने छ । यसरी कम्पनी उल्लेख नभएको फर्म मान्य हुने छैन ।
१९. सिलवन्दी दरभाउ पत्रफारम यस कार्यालयबाट खरिद गर्न सकिने छ । खरिद दरभाउ पत्र महाकुलुङ गाउँपालिका कार्यालय स्वास्थ्य शाखा सोलुखुम्बुमा पेश गर्नु पर्ने छ ।
२०. यस सुचनामा छुट हुन गएको अन्य कुराहरु सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ (संसोधन सहित) तथा प्रचलित नेपाल कानुन अनुसार हुनेछ ।
२१. सिलवन्दी दरभाउ पत्रअन्य कुरा वुझ्नु परेमा यस कार्यालयको फोन नं. ९८४२६८५३९७  र ९८६२६८९९६१ तथा आर्थिक प्रशासन शाखा वा भण्डार शाखामा सम्पर्क राखी बुझ्न सकिनेछ।
२२. एक विक्रेताको नाममा विक्रि भएको सिलवन्दी दरभाउपत्र अर्को विक्रेताको नाममा दाखिला गर्न पाईने छैन ।
२३. रित नपुगि आएको दरभाउपत्र स्वीकार हुने छैन ।
२४. आपुर्तिकर्ताले सप्लाई गरेको औषधिको गुणस्तरमा शंका लागी परीक्षण गर्नु पर्ने भएमा आपुर्तिकर्ता स्वयमले परीक्षण गराई परीक्षणको प्रमाणपत्र पेश गर्नु पर्ने छ । परीक्षणमा लाग्ने खर्च आपुर्तिकर्ता स्वयम्ले नै ब्यहोर्नु पर्ने छ ।
२५. आपुर्ति गरीनु पर्ने औषधिहरु टेब्लेट क्याप्सुल स्ट्रीप फर्ममा मात्र स्वीकार गरीनेछ । बोतलको हकमा प्लाष्टीक बोतल मात्र स्वीकार्य हुनेछ ।

 

औषधि खरिद सम्वन्धी सिलवन्दी दरभाउ पत्र आव्हानको सूचना ।

आर्थिक वर्ष: