यस गाउँपालिकाको लागि देहाएको संख्यामा प्राविधिक कर्मचारी करार सेवामा पदपुर्ति भएकोले आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुले सूचना प्रकाशन मितिले १५ दिन भित्र दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ ।
आवश्यक कागजातहरु
- नेपाली नागरिकता प्रतिलिपि
- शैक्षिक योग्यता
- चारित्रिक प्रमाणपत्रको प्रतिलिपि
- पासपोर्ट साइजको फोटो २ प्रति
- कार्य अनुभवको पत्र
दरखास्त दस्तुरः रु ५००।-
दरखास्त पेश गर्ने स्थानः महाकुलुङ गाउँपालिका कृषि तथा पशुपन्छी सेवा शाखा,बुङ वा आवश्यक कागजातहरु साथै बैंङ्क भौचर संलग्न गरी गाउँपालिकाको इमेल mahakulung.rum@gmail.com मा पनि पठाउन सकिने छ ।
एभरेष्ट बैंक लि. शाखा कार्यालय महाकुलुङ गाउँपालिकाको नाममा रहेको आन्तरिक राजस्व खाता ०८३००१०६२००००८ मा रकम जम्मा गरी बैंक भौचर पेश गर्नुपर्नेछ ।
परिक्षाको किसिमः लिखित,मौखिक र प्रयोगात्मक
परिक्षा मिति
लिखितः २०७७/०५/२७
मौखिकः २०७७/०५/२८