FAQs Complain Problems

गाउँकार्यपालिकाको बैठकको नि्र्णयहरु - २०७५ पौष १०

मिति २०७५ साल पौष १० गते मंगलबारको दिन महाकुलुङ गाउँपालिकाको अध्यक्ष श्री सागर किरातीको अध्यक्षतामा गाउँकार्यपालिकाको बैठक बसी तपशिलका निर्णय गरियो ।

१. कुलुङहरुको महान चाड चाकचाकुरको अवसरमा महाकुलुङ गाउँपालिका भित्रका शिक्षा संस्थाहरुमा पौष १५, १६ र १७ गते स्थानिय बिदा दिने निर्णय गरियो ।

२. महाकुलुङ गाउँपालिकाको लागि १-थान स्कुटर खरिदको लागि रु २,५०,००० ।- अक्षरेपी दुई लाख पचार हजार विनियोजन गर्ने निर्णय गरियो ।

३. विद्यालयहरुको SIP निर्माण तालिम र शिक्षा शाखा कार्यालय व्यवस्थापनको लागि रु ४,००,००० ।- अक्षरेपी चार लाख विनियोजन गर्ने निर्णय गरियो ।

४. महाकुलुङ गाउँपालिका वडा नं १ निवासी लक्षिन विर्ता राईको नाति खड्क कुमार राईको छोरा रोशन कुलुङ र महाकुलुङ गाउँपालिका वडा नं २ निवासी भोज विक्रम राईको छोरी एकता कुलुङलाई क्रमश ४,००,००० ।-  अक्षरेपी चार लाख र १,००,००० ।- अक्षरेपी एक लाख छात्रवृत्तिको रुपमा कार्याविधि बनाई प्रदान गर्ने निर्णय गरियो । रोशन कुलुङ नेपाल मेडिकल कलेज जोरपाटीमा MBBS  र एकता कुलुङ डिप्लोमा इन फार्मेसी अध्ययन गर्दै आउनुभएको छ ।

५. पात्ले तोस्खम सिचाइ निर्माण गर्न रु ५,००,००० ।- अक्षरेपी पाँच लाख विनियोजन गरीएको छ ।

६. ५० KV को ट्रान्समिटर खरिद  र ढवानी गर्न रु ३,००,००० ।- अक्षरेपी तिन लाख छुट्याइयो ।

७. महाकुलुङ सडक निर्माणको क्रममा ध्वस्त भएको सगरमाथा मा.वि को खानेपानी फिल्टर रु ३,००,००० ।- विनियोजन गर्ने निर्णय गरियो ।

८. स्वास्थ्य चौकी तुमाउको फर्निचर निर्माण र व्यवस्थापनको लागि रु ४,००,००० ।- अक्षरेपी चार लाख विनियोजन गरियो ।

९. महाकुलुङ गाउँपालिका स्तरीय कक्षा ८ को परीक्षा सञ्चालन र व्यवस्थापन गर्न रु ३,००,००० ।- विनियोजन गरियो ।

१०. पेल्माङ आ. वि को  ५० औं वर्ष पुगेको अवसरमा Golden Jubilee सम्पन्न गर्न सहयोगार्थ रु ३,५०,००० ।- अक्षरेपी तीन लाख पचास हजार मात्र विनियोजन गर्ने निर्णय गरियो ।

११. सोलुखुम्बु जिल्लाको प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र राना मगरको प्रमुख आतिथ्य, महाकुलुङ गाउँपालिकाको अध्यक्ष तथा जनप्रतिनिधिहरु यातायात व्यवसायी, स्थानीय , स्थानीय प्रशासन र अन्य सरोकारवालाहरुसँग मिति २०७५ मंसिर २३ गते निर्धारण गरिएको जिप भाडा दर कडाइको साथ लागु गर्ने अभियान गाउँपालिकाको अगाडि बढाउने निर्णय गरियो ।

१२. स्वास्थ्य चौकी गुदेललाई भवन मर्मत गर्न रु ४,००,००० ।- अक्षरेपी चार लाख विनियोजन गर्ने निर्णय गरियो ।

१३. महाकुलुङ गाउँपालिकाको स्थानिय स्वास्थ्य तथा सरसफाइ ऐन गाउँसभामा पेश गर्ने गरि पारित गर्ने निर्णय गरियो ।

१४. महाकुलुङ गाउँपालिका सामाजिक विकास शाखा अन्तर्गत अर्को व्यव्स्था नभए सम्मको लागि शिक्षा शाखामा कामकाज गर्न सरल र सहजताको लागि श्रोत व्यक्त्ति श्री दयाराम बस्नेतलाई शिक्षा शाखाको प्रमुखको जिम्मेवारी तोक्ने निर्णय गरियो ।

१५. प्रस्तावक पशुपन्छी विकास शाखा प्रमुख डा. बिर्खरान राईले पेश गर्नुभएको कृषि तथा पशुपन्छी व्यवसाय प्रबर्द्धन सम्बन्धमा व्यवस्थापन गर्न सोको ऐन २०७५ पारित गर्ने निर्णय गरियो ।

१६. कृषक समूह गठन तथा व्यवस्थापन निर्देशिका, २०७५ पारित गर्ने निर्णय गरियो ।

१७. कुलुङहरुको महान चाड चाकचाकुरको अवसरमा सम्पन्न हुने खुल्ला पुरुष फुटबल प्रतियोगिता मिति २०७५/०९/१३ देखि १७ सम्म को लागि रु ४,००,००० ।- अक्षरेपी चार लाख मात्र विनियोजन गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

१८. महाकुलुङ गाउँपालिकाको पार्श्व चित्र निर्माण तयारीको लागि रु ८,००,००० ।- अक्षरेपी आठ लाख मात्र विनियोजन गरियो ।

१९. महाकुलुङ गाउँपालिका वडा नं १ स्थित सुर्के खोला लघुजलविद्युत आयोजना निर्माण सहयोगको लागि  रु १०,००,००० ।- अक्षरेपी दश लाख माब विनियोजन गर्ने निर्णय गरियो ।

२०. पशुपन्छी, कृषि अध्ययन तथा श्रोत केन्द्र सञ्चालनको लागि बहुउद्येश्यीय सहकारी संस्थालाई प्रस्ताव आह्वान गर्ने र उपयुक्त प्रस्ताव छनौट गरी सञ्चालनको लागि सम्झौता गर्ने निर्णय गरियो ।

२१. बाख्रा पकेट कार्यक्रम सञ्चालनको लागि हाल चलेको मूल्यमा ५०% र ७५% को क्रमश बोयर बाख्रा र बोका खरिद गरी कृषकलाई वितरण गर्ने निर्णय गरियो ।

२२. टोल-टोलमा (पशुपन्छी सेवा शाखा) प्राविधिक सेवा सञ्चालनमा छुट्याएको बजेट रु २५,००० ।- अक्षरेपी पच्चिस हजार मात्र औषधी खरिद र व्यवस्थापनमा खर्च गर्ने निर्णय गरियो ।

२३. Data संकलक नियुक्ति (पशुपन्छी सेवा शाखा) को लागि प्रत्येक वडाबाट एक जना पारिश्रमिक रु ८,००० ।- अक्षरेपी आठ हजार मात्र पाउने गरी नियुक्ति दिदै कामकाजमा खटाउने निर्णय गरियो ।

२४. महाकुलुङ गाउँपालिका वडा नं ३ को वडा परिषदबाट विनियोजित साबुन उद्योग तथा व्यवस्थापन शीर्षकको रु ३,००,००० ।- अक्षरेपी तीन लाख मात्र स्वास्थ्य चौकी छेस्काममा बर्थिङ सेन्टर भवन निर्माणको लागि रकमान्तर गर्ने निर्णय गरियो ।

२५. महाकुलुङ गाउँपालिका भित्र जुवा तास खेल्न प्रतिबन्ध गर्ने निर्णय गरीयो ।

बैठक निर्णय
बैठक निर्णय

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: