FAQs Complain Problems

आवेदन पेश गर्ने सम्बन्धी सूचना ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत महाकुलुङ गाउँपालिका कार्यालयको आ.ब. ०७८/७९ को तपशिल बमोजिमको स्वीकृत कार्यक्रम सन्चालनका लागि इच्छुक महाकुलुङ गाउँपालिका वडा नं. १ र २ भित्रका कृषि समूह/समिति/सहाकारी/कृषि तथा पशुपालन फार्म/कम्पनीहरुले तोकिएको आवश्यक कागजात सहित सूचना प्रकाशन भएको मितिले ७ औं दिन भित्र यस कार्यालयमा आबेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराईन्छ। यो सूचना सम्बन्धि थप जानकारीको लागि गाउँपालिकाको कृषि तथा पशुपन्छी सेवा शाखामा बुझ्नुहुन पनि अनुरोध छ । साथै ९८४४६६११९९, ९८६०५५३१६० मा सम्पर्क गर्न सक्नु हुनेछ।

निबेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरु

१. सक्कल निबेदन ।

२. कृषक समूह/समितिको सम्पुर्ण सदस्यहरुको नागरिक्ता प्रमाणपत्रको प्रतिलिपी ।

३. कृषक समूह/सहकारी/फार्म/कम्पनी दर्ता तथा नबिकरण भएको प्रमाण-पत्रको प्रतिलिपी ।

४. सहकारीको हकमा गत आ.ब.का लेखा परिक्षण प्रतिबेदनको प्रमाणित प्रतिलिपी ।

५. समूह/सहकारीहरुले अनुदान माग गरिएको निर्णयको प्रतिलिपी ।

६. सम्बन्धित वडा कार्यालयको सिफारिस ।

७. कार्यक्रम सन्चालन हुने स्थान (जग्गा/जमिन) को स्वमित्व खुल्ने कागजात वा जग्गा भाडामा भए कम्तिमा ५ बर्षको सम्झौतानामा तथा मध्यम प्रविधियुक्त बहुउद्देश्यीय फलफूल नर्सरी स्थापना कार्यक्रम (५०% साझेदारीमा) १० बर्षको सम्झौतानामा ।

८. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन म्यानुअलको अनुसूची-१० फारम भरी पेश गर्नुपर्नेछ ।

नोटः- उक्त कार्यक्रम छनौट गर्नको लागि प्राप्त भएका आबेदनहरु मध्ये परियोजना कार्यान्वयन म्यानुअलको अनुसूची ८ सँग सम्बन्धित पकेट मूल्याकन मापदण्ड अनुसार प्रस्तावना छनौट गरिने छ ।

 

आर्थिक वर्ष: