विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस COVID-19 रोग नियन्त्रण, रोकथाम तथा उपचारको लागि महाकुलुङ गाउँकार्यपालिकाको मिति २०७७/०१/११ गतेको निर्णयानुसार सरकारी तथा गैरसरकारी संघसंस्था, उद्योगी व्यवसायी, जनप्रतिनिधि, कर्मचारी, पेशाकर्मीहरु तथा सर्वसाधारणहरुबाट एभरेष्ट बैंक महाकुलुङ शाखामा रहेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं 083001062000066 मा रकम जम्मा गर्न आह्वान गरिएकोमा हालसम्म कोषमा रकम जम्मा गरी सहयोग गर्नुहुने र यस सँग सम्बन्धित कार्यमा विभिन्न किसिमले आ-आफ्नो तह र तप्काबाट सहकार्य गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्न चाहन्छौ । साथै यस महान कार्यमा सामाजिक, आर्थिक, प्राविधिक तथा अन्य तवरबाट अझ साथ, सहयोग र सहकार्यको निम्ति हार्दिक अपिल गर्दछौ ।