यस गाउँपालिकालाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक ( अधिकृत स्तर छैटौ) करारमा लिनु पर्ने भएकोले तोकिएको योग्यता पुगेको इच्छुक नेपाली नागरिकबाट यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रीतपूर्वक यस गाउँ कार्यपालिकाको कार्यालयमा दरखास्त पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । दरखास्त दिने अन्तिम दिन सार्वजिनक विदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय समय भित्र दरखास्त पेश गर्नुपर्ने छ ।