FAQs Complain Problems

५० प्रतिशत अनुदानमा उन्नत जर्सी गाई खरिद तथा ढुवानीको प्रस्ताव आव्हान सम्बन्धी सूचना ।

प्रस्ताव आह्वान सम्बन्धी सूचना

                     प्रथम पटक प्रकाशित मिति 2081/08/09

यस गाउँपालिकाको पशुपन्छी विकास शाखाको आ.व. 2081/082 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार देहाय बमोजिमको कार्यक्रम कार्यान्वयनका लागि तोकिए बमोजिमका शर्तहरु पालना गरी साझेदारी गर्न इच्छुक कृषक /कृषक समूह /सहकारी /संस्था /निजी फार्म/तथा समितिले यो सूचना प्रकाशन भएको मितिले 21‍ औं दिन सम्म कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ । साथै रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्तावहरु छनौटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।

कार्यक्रमको विवरण

क्र.सं

कार्यक्रमको नाम

 कुल बजेट रु.

उपलव्ध हुने अनुदान प्रतिशत

कार्यक्रमको ढाँचा

कै

1

50% अनुदानमा उन्नत जातको जर्सी गाई खरिद तथा ढुवानी

15 लाख

गाउँपालिकाको तर्फबाट 50% र कृषकको तर्फबाट 50%

लागत साझेदारी

 

आवेदन साथ संलग्न हुनु पर्ने कागजातहरु

  •  रु. एक सय तिरेको राजश्व रसिद
  •  नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  •  अनुसूची -२ बमोजिमको आवेदन
  •  अनुसूची -३ बमोजिमको संक्षिप्त कार्ययोजना
  •  अनुसूची -४ बमोजिमको लागत साझेदारीको प्रतिबद्बता पत्र
  •  वडा कार्यालयको सिफारिस
  •  संस्थाको संचालक समितिबाट कार्यक्रम कार्यान्वयन गर्ने निर्णयको प्रतिलिपि
  •  संस्थासँग आवद्ब सदस्यहरुले प्राप्त गरेको अन्य प्रमाण पत्रहरुका (तालिम, शैक्षिक योग्यता आदि) प्रतिलिपि
  •  , नविकरण, भ्याट, प्यान प्रमाणपत्रको प्रतिलिपि ।
  • अघिल्लो आ.व. को लेखा परिक्षण प्रतिवेदन र कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि आदि ।

 नोट: अनुसूची 2, 3 र 4 को ढाँचा महाकुलुङ गाउँपालिकाको वेबसाईट www.mahakulung.gov.np वा पशुपन्छी विकास शाखाबाट प्राप्त गर्न सकिन्छ । थप जानकारीका लागि फोन नं 9861513676, 9860553160 मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

आर्थिक वर्ष: