FAQs Complain Problems

शैक्षिक सत्र २०७७ को विद्यार्थी मूल्याङ्कन सम्बन्धमा ।

प्रस्तुत विषयमा मिति २०७८/०२/१९ गतेका दिन बसेको गाउँ शिक्षा समितिको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को बढ्दो संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थिति भई आवधिक मूल्याङ्कन गर्न नसकिने ठहर गरी यस गाउँपालिका अन्तर्गत सञ्चालित सबै विद्यालयहरुले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुको मूल्याङ्कन “विषम परिस्थितिमा कक्षोन्ततिका लागि विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन र प्रमाणिकरण कार्यविधि, २०७७” बमोजिम गरी मिति २०७८ जेठ मसान्तसम्म सम्पन्न गर्नुहुन र कक्षा ८ को नतिजा शिक्षा शाखामा कार्यविधिमा तोकिएको मापदण्डका आधारमा मूल्याङ्कन गरी मिति २०७८/०२/२७ गतेसम्ममा पेश गर्नुहुन अनुरोध छ । साथै विद्यार्थी भर्ना, पाठ्यपुस्तक व्यवस्थापन तथा वितरण असार १ गते देखि असार १० गतेसम्ममा सम्पन्न गर्ने गरी आवश्यक विल भर्पाइका साथमा थप पाठ्यपुस्तक निकासा लिनु हुन समेत अनुरोध गरिन्छ।

आर्थिक वर्ष: