FAQs Complain Problems

सडकमा निर्माण सामग्री व्यवस्थापन तथा सडक मापदण्ड कार्यान्वयन सम्बन्धी महाकुलुङ गाउँपालिकाको सूचना ।

महाकुलुङ गाउँपालिकाभित्रका निर्मित सडकहरुको सडक सीमा मिचेर घर¸टहरा लगायतका स्थायी तथा अस्थायी निर्माणहरु गरिएको साथै ढुंगा¸ बालुवा¸ गिट्टी, सिमेन्ट¸ रड, जस्ता लगायतका निर्माण सामग्री सडकमा राखिएको कारण सवारी आवागमण तथा यात्रुलाई समेत पर्ने अप्ठ्याराहरु बारेको गुनासा र यसले निम्त्याउन सक्ने दुर्घट्नालाई मध्ये नजर गर्दै यस महाकुलुङ गाउपालिका गाउँ कार्यपालिकाको मिति २०७७ पुस २४ मा बसेको वैठकको निर्णयानुसार तपशील वमोजिमका व्यवस्था गरिएकोले सो अनुसार गर्न गराउनु हुन सरोकारवाला सबैको जानकारीको लागी यो सूचना प्रशारण गरिएको छ  ।

तपशील

  • महाकुलुङ गाउँपालिकाभित्र निर्मित कुनै सडकमा कुनै पनि किसिमका निर्माण सामाग्री राख्न नपाइने¸ यदि यो सूचना भन्दा अगाडी राखिएको खण्डमा तुरुन्त हटाउनु पर्ने छ।
  • महाकुलुङ गाउँपालिका अन्तर्गत निर्मित पात्ले¸ बुङ¸ पेल्माङ¸ छेस्काम¸ गुदेल¸ चाचालुङ हुँदै नाम्लुङ जोड्ने महाकुलुङ चक्रपथ अन्तर्गतको सडकको दुवै तर्फ घर भवन लगायतका कुनै पनि संरचना निर्माण गर्दा सडको चौडाइ जम्मा १० मिटर कायम हुने गरी केन्द्रविन्दुबाट ५ मिटर छोडेर मात्र निर्माण गर्न पाइने छ ।
  • गत्तेल हेलीप्याड हुँदै बुल्तोसुम जोड्ने मूल सडक साथै खिरौले जाने सडकको चौडाइ ८ मिटर कायम हुने गरीकेन्द्रविन्दुबाट ४ मिटर छोडेर मात्र निर्माण गर्न पाइने छ ।
  • अन्य सहायक तथा कृषि सडकहरुको चौडाइ ६ मिटर कायम हुने गरी केन्द्रविन्दुबाट ३ मिटर छोडेर मात्र निर्माण गर्न पाइने छ ।

आर्थिक वर्ष: