FAQs Complain Problems

गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा ।

गाउँ/टोल/खर्क खर्कमा पशुको वासस्थानमा पशु उपचार सेवा अन्तर्गत महाकुलुङ गाउँपालिको पशुपन्छि सेवा शाखा र वडा नं २ को कार्यालयको संयूक्त्त आयोजनमा संचालित ४ दिते शिविर सम्पन्न गरेको छ ।

महाकुलुङ गाउँपालिको पशुपन्छि सेवा शाखाले वडा नं. २ पेल्माङमा  पशुको स्वास्थ्य परीक्षण , आन्तरिक वाह्य परजिविको उपचार, भाले पशुको बान्धयाकरण, जंगली जनावरको आक्रमणबाट घाइते भएका पशुको उपचार, चरणको क्रममा लडेर घाइते भएको, खुट्टा भाच्चिएको पशुको उपचार त्यसका साथै आवश्यक प्राविधिक सल्लाह पनि प्रदान गरिएको थियो । यहि मंसिर ०१ देखि ०४ सम्म चलेको उक्त शिविरमा करिब ५०० वटा पशुको उपचार गरिएको थियो । कार्यक्रमबाट १ सय ५० जना लाभान्वित भएका थिए ।

यस शाखाले निम्न स्थानहरुमा उपचार सेवा संचालन गरेको थियो ।

  • मसिंर १ गते मोक्सिप्पा पोछारी र हालुमोउ ।
  • मसिंर २ गते लुकपुई मोलुमा र खुल्तुमला ।
  • मसिंर ३ गते रुक्दु पिपिहोउला र हाल्तोम ।
  • मसिंर ४ गते वालाम तोसखम र फुलवात्ती।

सोही अवसरमा  उपचार सेवाको अन्तिम दिन मंसिर ४ गते वालाम तोसखम र फुलवात्ती मा अौषधी वितरण समेत गरिएको थियो । २ सय १२ वटा पशुहरुलाई लक्षणको आधारमा अौषधी वितरण गरीएको थियो भने ५ सय ३० वटा पशुहरुलाई अौषधी वितरण गरिएको पशुपन्छि शाखाका प्रमुख डा. बिर्खराज राईले जानकारी दिनुभयो ।

यस कार्यक्रममा पशुपन्छी शाखाका प्रमुख डा. बिर्खराज कुलुङ, प्राविधिकहरु विनोद बाबु बस्नेत, अनिल राई, मनिषा कुलुङ र शान्ती कुलुङले पशुपंक्षिहरुको उपचार गरेका थिए भने  वडा नं. २ का वडा अध्यक्ष श्री प्रदिप कुलुङ, वडा सदस्य दिपराज राई र कार्यलय सहयोगी प्रमोद राईले कार्यक्रमको व्यवस्थापनको जिम्मा सम्हालेका थिए।

गाउँ/टोल/खर्क खर्कमा पशुको वासस्थानमा पशु उपचार सेवासंग सम्बन्धित तस्विरहरु

गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा -१
गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा -२
गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा -३
गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा -४
 गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा-५
गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा - ६
गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा - ७

आर्थिक वर्ष: