FAQs Complain Problems

महाकुलुङ गाउँपालिकामा २ दिने एकिकृत घुम्ती शिविर सम्‍पन्न ।

महाकुलुङ गाउँपालिकामा मिति २०७५/०८/२२ देखि २३ गते सम्म सञ्चालन भएको एकृकीत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल,फाप्लु , जिल्ला प्रहरी कार्यालय,जिल्ला आखाँ अस्पताल , घरेलु तथा साना उद्योग विकास समिति, इलाका प्रशासन कार्यालय ,जिल्ला निर्वाचन कार्यालयले सेवा प्रदान गरेका थिए ।

एकिकृत घुम्ती शिविरमा सेवाग्राहीहरुको भिड

29

शिविर अवधिभर  जम्मा १६३ जनाले नयाँ र प्रतिलिपि नागरिकता प्राप्त गरेका थिए । त्यसतै ९४ जनाको नयाँ मतदाता नामावली पनि दर्ता भएको छ । सामान्य स्वास्थ्य जाँच र आखाँ शिविरमा जम्मा २७५ जनाले सेवा लिएका थिए । आखाँ शिविरमा ६६ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चश्मा वितरण  र ३५ जनालाई सुपथ मुल्यमा चश्मा वितरण पनि गरिएको  थियो जस्को ५० % गाउँपालिकाले व्यहोर्ने छ भने बाँकी ५० % फाप्लु सामुदायिक अस्पताले व्यहोर्ने छ । स्वास्थ्य शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो । त्यस्तै घरेलु तथा साना उद्योग मा  १७ वटा उद्योग दर्ता भएको थियो र ४० वटा नयाँ वाणिज्य पनि दर्ता भएको थियो ।

स्वास्थ्य परामर्श लिदै स्थानिय
आखाँ जाच गर्दै

जिल्ला अायोजना कार्यान्वयन इकाईद्वारा  महाकुलुङ गाउँपालिकाको हलमा स्थानिय तहका जनप्रतिनिधिहरु संग अन्तर्क्रिया कार्याक्रम पनि आयोजना भएको थियो ।यसै शिविरमा सबै वडाका अध्यक्ष,सदस्य,सचिवज्यू हरु पनि उपस्थित भइ सम्वन्धित वडाका सेवाग्राहीलाई प्रदान गरिने नागरिकताको सिफारिस, जन्म दर्ता, विवाह दर्ता जस्ता वडा बाट प्रदान गरिने सेवाहरु प्रदान गर्नुभएको थियो ।

शिविर अवधि भर इलाका प्रहरी कार्यालय,सोताङ र प्रहरी चौकी, छेस्काम ले सुरक्षा प्रदान गरेका थिए ।

घुम्ती शिविर मा नागरिकता लिन लामबद्ध सेवाग्राही
स्वास्थ्य जाँच गराउदै।
निःशुल्क औषधी वितरण
निःशुल्क औषधी वितरण
निःशुल्क औषधी वितरण
मतदाता नामावलिमा नाम इन्ट्री गर्दै जिल्ला निर्वाचन कार्यालयका कर्मचारी ।
नागरिकताको सिफारिस रुजु गिरिदै ।
वडा नं १ का अध्यक्ष आसमान राई एकीकृत घुम्ती शिविरमा सेवा दिनुहुदै् ।
पसल दर्ता गर्दै स्थानिय व्यवसायीहरु ।
वडा नं ४ र ५ मा सेवाग्रही सम्वन्धित वडाको प्रतिनिधिसँग ।
वडा नं २ का अध्यक्ष प्रदिप राई फर्म भर्न सिकाउदै ।
एकीकृत शिविरको पहिलो दिन ।

आर्थिक वर्ष: