FAQs Complain Problems

४३०० मि.मा अवस्थित धार्मिक तथा पर्यटकिय स्थल पाँच पोखरी।

Read More

बेथो माछो भ्यू टावर बाट देखिने मकालु वरुण राष्ट्रिय निकुञ्य क्षेत्र।

Read More

थेकछोक छोलिङ गुम्बा - खिरौले

Read More

साङ्ग छोलिङ गुम्बा- चेरेम ।

Read More

संक्षिप्त परिचय

माहाकुलुङ गाउँपालिका नेपालका ७५३ स्थानीय तहमध्ये एक हो । यो प्रदेश नं‍. १ को सोलुखुम्बु जिल्लामा पर्छ । तत्कालिन् बुङ, छेस्काम र गुदेल गाविस समेटेर माहाकुलुङ गाउँपालिका बनाइएको हाे । मेरापीक, सिलुछो डाँडा, केन्पा डाँडाको तीन तिर सीमा रहेको यो गाउँपालिका ६४८.०५ वर्ग किलो मिटरमा फैलिएर २७‌.३७' देखि २७‌.६२' उत्तरी अक्षांश र ८६.५०' देखि ८६.८४' पूर्वी देशान्तरमा अवस्थित रहेको छ । वि.सं. २०६८ को जनगणना अनुसार ११,४५२ जनसंख्या रहेको यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा संखुवासभा जिल्ला, पश्चिममा खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिका, उत्तरमा खुम्बुपासाल्हामु गाउँपालिका तथा दक्षिणमा खोटाङ र भोजपुर जिल्लासँग जोडिएको छ ।  २७ फाल्गुन २०७३ मा स्थापित यस गाउँपालिकाको केन्द्र साविकको बुङ गाविस कार्यालयमा राखिएको छ । किरात, बौद्ध र हिन्दु धर्मावलम्बीहरुको बसोबास रहेको यहाँ किरात समुदायको बाहुल्यता रहेको छ ।

महाकुलुङ गाउँपालिकामा २ दिने एकिकृत घुम्ती शिविर सम्‍पन्न ।

महाकुलुङ गाउँपालिकामा मिति २०७५/०८/२२ देखि २३ गते सम्म सञ्चालन भएको एकृकीत घुम्ती शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला अस्पताल,फाप्लु , जिल्ला प्रहरी कार्यालय,जिल्ला आखाँ अस्पताल , घरेलु तथा साना उद्योग विकास समिति, इलाका प्रशासन कार्यालय ,जिल्ला निर्वाचन कार्यालयले सेवा प्रदान

गाउँ,टोल खर्क खर्कमा पशु उपचार सेवा ।

गाउँ/टोल/खर्क खर्कमा पशुको वासस्थानमा पशु उपचार सेवा अन्तर्गत महाकुलुङ गाउँपालिको पशुपन्छि सेवा शाखा र वडा नं २ को कार्यालयको संयूक्त्त आयोजनमा संचालित ४ दिते शिविर सम्पन्न गरेको छ ।

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

अध्यक्ष
suryabahadurrai@gmail.com
९८५१०९९१५६
विपना कुलुङ
उपाध्यक्ष
९८६९५७८६८६

कर्मचारी

  • महाकुलुङ वृत्तचित्र

जानकारी