FAQs Complain Problems

स्वास्थ्य चौकी तुमाउ उद्घाटन ।

                                     महाकुलुङ गाउँपालिका वडा नं ४ मा रहेको तुमाउ स्वास्थ्य चौकीको दुई कोठे भवन एक कार्यक्रमबिच उद्घाटन गरिएको छ । गाउँमै स्वास्थ्य चौकी निर्माण भएपछी यस वडा नं ४ का स्थानियवासीले उपचारका लागि टाढा जानुपर्ने बाध्यताबाट  मुक्ति पाएका छन् ।   

उद्द्घाटन समारोहको एक झलक

नेपाल सरकारको शसर्त अनुदान रु ३ लाख र वडा नं ४ बाट रु २ लाख गरी जम्मा रु ५ लाख लागतमा भवनको निर्माण भएको हो ।  महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किरातीबाट स्वास्थ्य चौकीको विधिवत उद्द्घाटन गरियो । 

स्वास्थ्य चौकी उद्घाटन गर्नुहुदै महाकुलुङ गा. पा अध्यक्ष सागर किराती । उद्घाटन पश्चात स्वास्थ्य जाँच गर्नुहुदै महाकुलुङ गा. पा अध्यक्ष सागर किराती ।

तुमाउ स्वास्थ्य चौकी उद्घाटन पछी महाकुलुङ गाँउपालिकाको सबै वडामा स्वास्थ्य चौकीको निर्माण भएको छ । स्वास्थ्य चौकी निर्माण भएपछि तुमाउ, सानो सात्दि र लुच्चामका स्थानियलाई प्रत्यक्ष फाइदा पुग्ने भएको छ । यस अघि बिरामी हुँदा २ घणटा टाढा रहेको गुदेल स्वास्थ्य चौकी पुग्नुपर्ने बाध्यता थियो । उद्घाटनकै दिन १५ जना स्थानियवासीले सेवा लिएका थिए । यस स्वास्थ्य चौकीमा दुईजना स्वास्थ्यकर्मी समेत गाँउपालिकाले राखेको छ ।

उद्घाटनकै दिन स्वास्थ्य चौकी व्यवस्थापनको लागि अक्ष्यकोष स्थापना पनि गरिएको थियो जसमा यस गाउँपालिकाका स्वास्थ्य सह-संयोजक हरि प्रसाद आचार्यले रु ३००० , वडा नं ४ का अध्यक्ष जयकुवेर राईले रु १०,००० र निर्माण व्यसायीहरु भक्त्त कुलुङ, अम्बिरकाजी राई र विरेन्द्र राईले रु ५०,००० दिने वाचा पनि गर्नुभएको थियो । 

दाँया बाट क्रमशः हरी प्रसाद आचार्य,गा.पा अध्यक्ष सागर किराती, वडा नं ४ अध्यक्ष जयकुवेर राई र गा.पा उपाध्यक्ष विपना कुलुङ

स्वास्थ्य चौकी उद्घाटन समारोहमा चौकी निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरुलाई पनि सम्मानसमेत गरिएको थियो ।

स्वास्थ्य चौकी निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गा दाताहरु ।

 

 

उद्घाटन समारोह
जग्गा दाताहरुसँग उपस्थित सहभागी र जाप्रतिनिधिहरु ।
उद्घाटनमा नृत्य प्रस्तुत गर्दै ।
गाउँपालिका उपाध्यक्ष विपना कुलुङ उद्घाटनको क्रममा ब्यानर पढ्दै ।
स्वास्थ्य चौकीमा बच्चाको तौल लिदै ।
उद्घाटनमा उपस्थित स्थानियवासीहरु ।
स्वाथ्यकर्मीहरु उद्घाटनै दिन  बिरामीहरुको जाँच गर्दै ।

आर्थिक वर्ष: