रोजगारीको हक सम्बन्धी ऐन, २०७५ को दफा ११, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ को नियम ७ र प्रधानमन्त्री रोजगार कार्यक्रम संचालक निर्देशिका, २०७५ को दफा १८ बमोजिम आगामी आर्थिक वर्ष मा महाकुलुङ गाउँपालिका अन्तर्गत रहेको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार वयक्तिहरुले २०७६ चैत्र महिनामा आफूले स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयमा बेरोजगार व्यक्तिको सूचिमा सूचिकृत हुन निवेदन दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
निवेदनको ढाँचा: प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका,२०७५ को अनुसूचि १