FAQs Complain Problems

करारमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

गरिव घरपरीवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम सञ्चालन गर्नको लागि यस गाउँपालिकालाई तपशील बमोजिमको सङ्ख्यामा गणक तथा सुपरीवेक्षक करारमा लिनुपर्ने भएकोले योग्यता पुगेको इच्छुक नेपाली नागरिकहरुबाट सूचना प्रकाशन भएको मितिले ७ (सात) दिन भित्र यस गाउँकार्यपालिकाको कार्यालयमा आवेदन दस्तुर गणकको हकमा रु. ३००-अक्षरेपी तीन सय मात्र र सुपरीवेक्षकको हकमा रु ४००-अक्षरेपी पाँच सय मात्र महाकुलुङ गाउँपालिकाको एभरेष्ट बैक लि. मा भएको सञ्चित कोष नं. ०८३००१०६२००००० मा जम्मा गरेको भौचर सलंग्न गरी रीतपूर्वक दरखास्त दिनुहुन यो सूचना प्रकाशन गरिएको छ ।

तपशीलः

 

क्र.सं.

पद

माग पद संख्या

शैक्षिक योग्यता

कै.

१.

सुपरीवेक्षक

  • मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्यांकशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय सहित कुनै विषयमा स्नातक वा सो सरह उतीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको
  • १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

 

 

२.

गणक

  • १. मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्यांकशास्त्र वा जनसंख्या वा अर्थशास्त्र वा गणित विषय लिई कम्तिमा प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरेको र कम्प्युटर सम्बन्धी आधारभूत ज्ञान भएको
  • १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको ।

 

 

 

  • गणक तथा सुपरीवेक्षकको पदावधि निजहरु नियुक्ति भएको मितिले ५ (पाँच) महिनाको हुनेछ ।
  • स्थानिय उम्मेद्वारहरुलाई ग्राह्यता दिइनेछ ।
  • परिक्षाको किसिमः आवश्यकता अनुसार लिखित वा मौखिक वा दुवै हुने छ ।

सेवा सुविधाः

  • गणकः निजामती सेवाको राजपत्र अनंकित द्धितीय श्रेणीको सुरु तलब स्केल
  • सुपरीवेक्षकः निजामती सेवाको राजपत्र अनंकित प्रथम श्रेणीको सुरु तलब स्केल

आर्थिक वर्ष: