
" कृषि पशुपंछीमा लगानी, महाकुलुङमा सुनाैलाे विहानी " भन्ने मुल नाराका साथ विषयगत विज्ञ र सराेकारवालाहरूसँग स्थानीय तहकाे कृषि पशुपंछी विकास गुरूयाेजना निर्माण कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रियामा कृषि विज्ञ डा. मदन राई, पशुसेवा विज्ञ डा. सुदर्शन प्रसाद रेग्मी र जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख झलकनाथ कडेलको उपस्थितीमा जनप्रतिनिधि, स्थानीय स्तरमा क्रियाशिल गैरसरकारी संस्था, सामाजिक संस्थाका प्रतिनिधिबाट गाउँपालिका भित्र कृषि र पशुसेवाको विकास र विस्तारमा गर्न सकिने संभावित कार्यक्रमको बारेमा सुझाव संकलन गरिएको थियो । कार्यक्रममा महाकुलुङ गाउँपालिमा सक्रिय जि फाउण्डेशन नेपाल, इको हिमाल, विमा कम्पनी तथा अन्य सामाजिक संघ संस्था,कृषकहरुको समेत सहभागिता थियो ।
पवित्र कामको थालनी तपाई हामीबाट
प्राविधिक शिक्षा अध्ययनका लागि छात्रबृत्ति दिलाउन ‘पवित्र कामको थालनी तपाई हामीबाट’ भन्ने भावनाका साथ बास्केट फण्डको निर्माण गरिएको थियो जस्मा कार्यक्रममा सहभागीबाट २८ हजार ७६० रुपैयाँ रकम संकलन भएको थियो ।











